प्रचण्ड चिन तिर ... पार्टी, सरकार, भारत सम्बन्ध टेन्सन बढ्दो .....

काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड चीनको राजधानी बेइजिङ भ्रमणमा जाने भएका छन् । उनी यही असोज २८ गते चीन जान लागेका हुन् । भारतसँग सम्वन्ध चिसिएकाबेला एमाओवादी अध्यक्ष प्रचण्डको चीन भ्रमणलाई अर्थपूर्ण मानिएको छ । प्रचण्डका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले प्रचण्डको २९ असोजमा हुने चीन भ्रमणको पुष्टि गरे । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’सम्बन्धी एसियाली राजनीतिक दलहरुको विशेष सम्मेलनमा सहभागी हुन प्रचण्ड चीन जान लागेको उनले जानकारी दिए । चीन बसाइको क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने खड्काले बताए ।

Share this:

JOIN CONVERSATION

    Blogger Comment

0 comments:

Post a Comment