मदेशी जनतालाइ भारतको ठाडो आदेश , मदेशी आन्दोलनमा अनिबार्य उपस्थिति हौ नत्र कारबाही मा परौला ....

सुनसरीको सीमाना जोडिएको बिहारका भारतीयले तराई–मधेसमा जारी आन्दोलनमा सहभागी नभए घरैमा आएर आक्रमण गर्ने धम्की दिन थालेका छन् । विहार राज्यको अररिया जिल्लाका भारतीय नागरिकहरु सुनसरीको दक्षिणी क्षेत्रका गाउँमा छिरेर नेपाली नागरिकलाई धम्क्याउन थालेका हुन् । सुनसरीका दक्षिणी क्षेत्रका ग्रामीण बस्तीमा छिरेर भारतीयहरुले मधेस आन्दोलनमा सहभागी हुनउर्दी जारी गरेपछि सर्वसाधारण त्रसित भएको स्थानीय बासिन्दाले बताएका छन् । मोर्चाका कार्यकर्ताहरुले आन्दोलनमा उपस्थित नहुनेहरुका घरमा आक्राणण गर्ने र बालीनाली मासिदिने धम्की दिन थालेपछि सर्वसाधारण थप आतंकित भएको सुनसरीको राजगञ्ज सिनवरी गाविस निवासी एमाले नेता महेश्वर यादवले जानकारी दिए । मोर्चाकाका कार्यकर्ताहरुले आन्दोलनमा समर्थन नगर्ने र संविधानको सवागत गर्नेहरुका बालीनाली तथा रुख काटिदिन थालेपछि राजगन्ज सिनवारीका सर्वसाधारण आतंकित भएका छन् । संविधान बनेपछि घरमा दीपावली गरी खुसियाली मनाएको रिसमा सुनसरीको राजगन्ज सिनुवारी गाविसका एमाले नेता महेश्वरप्रसाद यादवको जग्गाका दुई सय रुख मधेसी मोर्चाका कार्यकर्ताले काटिदिएपछि यस क्षेत्रका बासिन्दा आतंकित भएका छन् ।

Share this:

JOIN CONVERSATION

    Blogger Comment

0 comments:

Post a Comment