नयाँ संबिधानले गर्दा केपी ओलीलाई टुलुटुलु हेर्ने बनायो, मन्त्रीलाई शफत खुवाउन पाएनन्
मुलुकका ३८ औं प्रधानमन्त्री केपी शर्मा ओली त्यस्ता अभागी प्रधानमन्त्री
बनेका छन्, जसले आफ्नो मन्त्रिपरिषदका उपप्रधानमन्त्री एवं
मन्त्रीहरुलाई सपथ ग्रहण गराउन पाएनन् ।
विगतमा प्रधानमन्त्रीले नै मन्त्रीहरुलाई सपथ खुवाउने गरिएको भए पनि सोमबार
प्रधानमन्त्री ओलीले यो अधिकार पाएनन् । ओली मन्त्रिमण्डलका दुई उपप्रधानमन्त्री र
पाँच मन्त्रीलाई राष्ट्रपति रामवरण यादवले सपथ ग्रहण गराइरहँदा प्रधानमन्त्री
छेउमा उभिएर टुलुटुलु हेरिरहेका थिए ।
अन्तरिम संविधानको धारा ४२ अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिको रोहवरमा
उपप्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण गराउने प्रचलन थियो । यही व्यवस्था
अनुसार सुशील कोइरालाले आफैं मन्त्रीहरुलाई सपथ गराएका थिए । झलनाथ, माधव नेपाल, प्रचण्ड, बाबुराम सबैले आफ्ना मन्त्रीहरुलाई आफैं सपथ
गराएका थिए ।
तर, संविधानसभाले बनाएको नयाँ संविधानको धारा ८० ले
कार्यकारी प्रधानमन्त्रीको यो अधिकार खोसेर राष्ट्रपतिलाई दिएको छ । यही कारणले
गर्दा नयाँ संविधानका पहिला प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषदका सदस्यहरुको
सपथ ग्रहण गराउन नपाएका हुन् ।
नेपालको संविधानको धार ८० मा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण गराउने अधिकार राष्ट्रपतिलाई दिएको
छ । प्रधानमन्त्रीले राज्यमन्त्री र सहायकमन्त्रीलाई मात्रै सपथ ग्रहण गराउन पाउने
छन् ।
राजनीतिको सामान्य प्रचलन अनुसार कुनै पनि राजनीतिक नियुक्ति पाएको व्यक्तिले
जोसँग सपथ लिएको हो, उसैप्रति उत्तरदायी हुनुपर्ने हुन्छ । तर, प्रधानमन्त्रीबाट सपथ नखाई सोझै राष्ट्रपतिसँग
सपथ लिने सौभाग्य पाएका उपप्रधानमन्त्रीहरु अब कोप्रति उत्तरदायी होलान् ? प्रधानमन्त्री या राष्ट्रपति ?
सपथ राष्ट्रपतिसमक्ष खाए पनि संविधानको धारा ७६ (१०) ले मन्त्रीहरु
व्यक्तिगतरुपमा प्रधानमन्त्री र संसदप्रति उत्तरदायी हुने व्यवस्था गरेको छ ।
जे होस् नयाँ संविधानको कार्यान्वयनका क्रममा पहिलो गाँसमै प्रधानमन्त्रीको
अधिकार कटौतीको दृश्य देखिएको छ, हेर्दै जाऔं, भविश्यमा अरु के-कस्ता अनौठा दृश्य देखिने हुन्
।

0 comments:
Post a Comment