प्रधानमन्त्री अोलीद्वारा सपथ ग्रहण, ८ सदस्यीय मन्त्रीपरिषद् गठन, को को ले लिए त शफत ?

काठमाडौं । अाइतबार प्रधानमन्त्रीमा निर्वाचित भएको एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण लिएका छन्।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामबरण यादवले ओलीलाई प्रधानमन्त्रीको शपथ दिलाएका हुन्।

राष्ट्रपति यादवले उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार र कमल थापालाई पनि शपथ ग्रहण गराएका छन्। राष्ट्रपतिले मन्त्रीहरुमा एमालेबाट अग्नी खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल एमाअोवादीका हरिबोल गजुरेल र रामकुमार सुब्बालाई मन्त्री पदको शपथ दिलाएका छन् ।

सपथ लिएका मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन।

 

Share this:

JOIN CONVERSATION

    Blogger Comment

0 comments:

Post a Comment