कांग्रेश भित्र किचलो सुशील होइन शेर बहादुर प्रधानमन्त्रि हुनु पर्छ : बालकृष्ण खाड
सुशील कोइरालाले पुनः प्रधानमन्त्री बन्नका लागि पार्टी बाहिर लबिङ
गरिरहेका बेला कांग्रेसभित्रै उनको निरन्तरता नचाहने समूह संगठित बन्न थालेको छ ।
कांग्रेसकै नेतृत्वमा सरकार बनाउने तर सुशील
कोइरालाले छाड्नुपर्ने दाबी शेरबहादुर देउवा पक्षको छ । देउवाका निकटस्थ मानिने
प्रभावशाली केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँडले सबैलाई मिलाउन सक्ने भएकाले
अब देउवा प्रधानमन्त्री बन्नुपर्ने बताए ।
खाँडले एमाले अध्यक्ष केपी ओलीलाई
प्रधानमन्त्री बनाउने भद्र सहमतिबारे पार्टीमा जानकारी नभएको भन्दै त्यस्तो सहमति
भएको हो भने नेताहरुले जानकारी दिनुपर्ने बताए । खाँडले भने-ओलीलाई बनाउने सहमति
भएको हो भने पार्टीमा टेबल गर्नुपर्छ, वचन दिएको हो भने पालना गर्नुपर्छ ।’
ओली हुनुहुँदैन भन्ने धारणा नरहेको बताउने
खाँडले कोइरालाचाहिँ अब दोहोरिन नहुने प्रष्ट पारे । प्रस्तुत छ, कांग्रेस नेता खाँडसँग अनलाइनखबरका लागि
मात्रिका पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
कांग्रेसले
सरकारको नेतृत्व एमालेलाई नदिनेनै हो त ?
– हामीले त्यसो भनेका छैनौं । तर, मूल कुरा दोस्रो संविधानसभाको चुनावपछि नेपाली
कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन
सबै दलहरुसँग सहयोग मागेको हो । त्यहि आधारमा हाम्रो सभापति सुशील कोइराला
प्रधानमन्त्री बन्नुभयो । एमालेले संविधानसभामा आफ्नो जुन उपस्थिति छ त्यहि
हैसियतमा कांग्रेसकै हाराहारीमा सरकारमा आफ्नो पोजिसन स्थापित गरेको हो । त्यो
सरकारको उद्देश्य समयमै संविधान जारी गर्ने नै थियो ।
अब दुई तिहाई बहुमतकै हाराहारी मत पाएर बनेको
सरकारले संविधान जारी गरिसकेको अवस्थामा नयाँ सरकारका लागि हामी खुला छौं ।
एमालेलाई दिने नदिने भन्ने कुरा नै होइन यो । बल्ल त नयाँ सरकार गठनको छलफल शुरु
भएको छ ।
तर, हिजो सुशील
कोइरालालाई प्रधानमन्त्री बनाउने बेला सात बुँदे सहमति गर्दा र संविधान जारी
गर्नका लागि १६ बुँदे सम्झौता गर्दा एमालेलाई नेतृत्व दिने भनेको होइन र ?
– संविधान जारी भइसकेको अवस्थामा अब नयाँ
प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया नै शुरु भइसकेको छ । अहिले नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीबीच जुन एकता छ, त्यो कायम हुनु मुलुकका लागि राम्रो हुन्छ ।
जहाँसम्म एमालेलाई नेतृत्व छाड्ने विगतको भद्र
सहमतिको कुरा छ, ती कुनै पनि सहमति हाम्रो केन्द्रीय
कार्यसमितिमा टेबल भएका छैनन् । कुनै लिखत पनि छैन । पार्टी सभापतिसहित शीर्ष
नेताहरुले यसबारेमा हामीलाई जानकारी पनि गराएका छैनन् । त्यो सहमति हामीले थाहा
नपाएसम्म त एमालेलाई दिनुपर्छ भनेर हिँड्न मिलेन नि ।
यो त सबैले भन्दै
आएको ‘ओपन सेक्रेट’ कुरा हो नि, केपी ओलीलाई
प्रधानमन्त्री बनाउने कुरा शीर्ष नेताबीच सहमति भएको भनेर आइसकेको छ, अहिले हैन भन्न
मिल्छ र ?
– बाहिर आएका कुरालाई हामीले मान्ने कि पार्टीमा
औपचारिकरुपमा टेबुल भएपछि मान्ने ? पार्टी केन्द्रीय
कार्य समितिको रेकर्डमा कांग्रेस र एमालेबीच सरकार आलोपालो ढंगले चलाउने सहमति
भएको कुरा दर्ज भएको छैन ।
संविधान जारी भएपछि नयाँ परिस्थिति बनेको छ । एमाओवादीसहितको वृहत सहमतिको सरकार बनाउनुपर्छ भन्ने मेरो धारणा छ ।
संविधान जारी भएपछि नयाँ परिस्थिति बनेको छ । एमाओवादीसहितको वृहत सहमतिको सरकार बनाउनुपर्छ भन्ने मेरो धारणा छ ।
ठीक छ, वृहत सहमतिको
सरकार बनाउने, तर नेतृत्वचाहिँ
कसले गर्ने त ?
– नेपाली कांग्रेस ठूलो पार्टी भएका कारण
कांग्रेसकै नेतृत्वमा सबै दलको साझा सरकार बनोस भन्ने मेरो चाहना हो ।
कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने तपाईको चाहना त बुझियो, कांग्रेसबाट सुशील कोइरालाकै निरन्तरता कि अरु कोही ?
कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने तपाईको चाहना त बुझियो, कांग्रेसबाट सुशील कोइरालाकै निरन्तरता कि अरु कोही ?
सुशील कोइरालाले पार्टीको १२ औं महाधिवेशनमा
सभापति उठ्दा पनि म एकपटक मात्र सभापति बन्छु, त्यसपछि मेरो स्वास्थ्यले पनि साथ दिँदैन भन्नुभएको थियो । त्यस्तै
प्रधानमन्त्री बन्दा पनि उहाँले संविधान जारी भएपछि पद त्याग्छु, त्यसपछि मलाई प्रधानमन्त्री भएर बस्नु छैन
भन्नुभएको हो ।
हामीलाई लाग्छ, उहाँले ठूलो जिम्मेवारी पूरा गर्नुभएको छ । संविधानसभाबाट संविधान जारी गर्ने
ऐतिहासिक उत्तरदायित्व उहाँले पूरा गर्नुभयो । जुन सपना कांग्रेसले २००४ सालदेखि
नै साँचेको हो । उहाँले के के गर्नुभयो, त्यसलाई जोगाएर बस्ने हो ।
जोगाएर बस्ने
भन्नुको अर्थ प्रधानमन्त्रीमा दावी नगर्ने भन्ने हो ?
– अवश्य पनि हो । उहाँ आफैंले संविधान जारी
गरिसकेपछि म प्रधानमन्त्रीमा बस्दिँन भन्नुभएको थियो । त्यसैले अब थप विवादमा
आउनेखालको जिम्मेवारी लिनुभन्दा पनि सविधान जारी भएपछि उहाँले त्यसको लोभ
गर्नुहुँदैन । मलाई लाग्छ, उहाँ नयाँ कार्यकालका लागि अग्रसर नहुनुहोला ।
बाँकी रहेका पार्टीका शीर्षनेतासँग छलफल हुन्छ, सहमतिका आधारमा पार्टीले निर्णय गर्छ ।
सुशील कोइरालाले
दाबी गर्नुहुँदैन भनेपछि अब दाबी कसले गर्ने त ?
– दावी त जसले पनि गर्ने कुरा भयो । तर, कसको भूमिका के रहृयो भन्ने हेर्नुपर्छ ।
हाम्रो पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माण गर्ने क्रममा सबै
पक्षसँग संवाद र छलफल गर्नुभएको हो । अहिले पनि उहाँको भूमिका सहमतिका लागि र मधेस
आन्दोलन सल्ट्याउनका लागि पनि सकारात्मक ढंगले चलिरहेको छ । यो संविधान कसरी लागु
गर्ने र कसरी सबैको अपनत्व कायम गराउने भनेर उहाँ लाग्नुभएको छ ।
सिधै भन्दा
देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्न खोज्नुभएको होइन त ?
– बरिष्ठ नेता देउवा आफैंले म बन्छु वा मलाई बनाइ
देऊ भनेर कुनै अग्रसरता लिनुभएको जस्तो लाग्दैन । उहाँले चाहना व्यक्त गरेर
हिँडेको पनि देखिँदैन । तर पार्टीका धेरै कार्यकर्ताको चाहना र मुलुकको अवस्थाले
चाहिँ देउवा सहमतिको प्रधानमन्त्री बन्नुपर्छ भन्ने देखिएको छ ।
सुशील कोइराला र
देउवाले बाँडेर खाने, अनि रामचन्द्र
पौडेललाई चाहिँ के दिने ?
– शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुईशीर्ष
नेता हुनुहुन्छ । दुवै नेताको बीचमा सहमित बन्न सकोस् । हाम्रा तीनैजना शीर्षनेता
बसेर सर्वसम्मति बन्न सक्यो भने राम्रो हुन्छ ।
कांग्रेसले
सरकारको नेतृृत्व नछाड्ने,एमालेले पनि नेतृत्वको
दावी गरिसकेको अवस्थामा यी दुई दलमध्ये एउटा प्रतिपक्षमा बस्ने देखियो होइन त ?
– अहिलेको अवस्थामा प्रमुख दलहरुबीच सहमति
हुनुपर्छ । संविधान कार्यन्वयनमा धेरै जटिलताहरु छन्, त्यसका लागि दलहरुबीच सहमतिको विकल्प छैन ।
सहमतिको विकल्प
छैन भनेर मीठो कुरा पनि गर्ने, अनि विगतमा भएको
सहमतिरुप नेतृत्व छाड्न तयार नहुने कुराले कसरी मिल्छ त ?
– मैले अघि नै भनिसकेको छु कि पार्टी नेतृत्वको
लेबलमा कुनै सहमति भएको थियो भने त्यो बाहिर आउनुपर्छ । हामीले पोजिशन लिएर
प्रधानमन्त्री हामीले नै राख्नुपर्छ भनेको होइन । एमालेलाई वा ओलीलाई
प्रधानमन्त्री दिने सहमति भएको हो भने सभापतिजीले पार्टीमा त्यो कुरा राख्नुपर्यो
।
एमालेलाई नेतृत्व
दिनै नहुने भन्ने धारणा चाहिँ किन बलियो भयो कांग्रेसमा ?
– होइन, हामी गठबन्धन संस्कारमा गइसक्यौं । हाम्रो निर्वाचन प्रक्रिया नै यस्तो छ कि
अब त झनै गठबन्धन नभई कसैको एकल बहुमतको सरकार बन्ने अवस्था छैन । अब नेपालमा
बन्ने भनेको मिलिजुली सरकार नै हो । त्यसमा जुन पार्टी ठूलो हुन्छ त्यसले नेतृत्व
लिने कुरानै प्राकृतिक हुन्छ । नत्र विगतमा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर
थापालाई प्रधानमन्त्री बनाएर हिँड्दा हामीले जे भोग्यौं, त्यस्तै हुन सक्छ ।
ओली प्रधानमन्त्री
नबने एमाले सरकारमा नरहने कुरा त आइसक्यो, तपाईहरुले बचन
तोड्ने कुरा कति ठीक हो ?
– हामीले ओलीलाई हुँदै हुदैन भनेका छैनौं । हामी
सरकारमा बस्ने र एमाले बाहिर बसोस् भन्ने पनि हाम्रो चाहना होइन । बचन दिएको हो
भने सुशील कोइरालाले भन्नुपर्छ र बचन पूरा गर्नुपर्छ ।
वचन दिएपछि त्यसलाई परिणाममा देखाउनुपर्छ ।
हामीले त बचन दिएको थाहा नपाएकाले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले
कांग्रेसको नेतृत्वमा सबै दल सहभागी भएर मिलिजुली सरकार बनोस् भनेको हो । किनकि
तीन दल निमिली संविधान संशोधन पनि हुँदैन । कांग्रेस लिबरल डेमोक्रेटिक पार्टी
भएकाले सबैलाई, मधेसीलाई पनि मिलाएर लैजान सक्छ भन्ने कुरा हो
।
तपाईहरु केपी
ओलीसँग अलिकति डराउनुभयो हगि ?
– यसो हेर्दा कांग्रेस र एमाले प्रतिस्पर्धी दल
हुन् र ओली अलि कडा नेता नै भएकाले मान्छेले त्यो अनुमान लगाउनु स्वाभाविक हो । तर, हामी एमालेसँग प्रतिस्पर्धा र सहयात्रामा छौं ।
चुनावमा एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो तर
संविधान निर्माणमा सहयात्री पनि हो । हामी आगामी चुनावलाई हेरेर ओलीसँग डराएको
भन्ने कुरा चाहिँ सत्य होइन । म त फेरि पनि भन्छु, वचन दिएको हो भने पार्टी बैठकमा राख्नुपर्छ र वचन पूरा गर्नुपर्छ । त्यो
निर्णय त पार्टीले गर्ने हो ।
अब अन्त्यमा
भन्नुस् कि संविधानले कांग्रेसको लाज त ढाक्यो,अवैध पार्टी
हुनबाट पनि रोक्यो, अब महाधिवेशन
कहिले हुन्छ ?
– संविधानले हामीलाई ६ महिनाका लागि अवसर दिएको छ
। त्यही अनुसार हामीले विधानमा परिमार्जन गरेर बाधा अड्काउ फुकाएका छौं । अब
संविधानको समयसीमा समेत रहेकाले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नैपर्छ । यो
हिसाबले ढीलोमा फागुनभित्र महाधिवेशन गरिसक्छौं ।

0 comments:
Post a Comment