दाहाल अख्तियार को मुखमा छन् : डा. बाबुराम भट्टराइ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनभित्रै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीत नेताहरू अख्तियारको फन्दामा पर्ने बताएका छन्। नवलपरासीको देवचुली नगरपालिकाअन्तर्गत पर्ने चौधरीग्रामका मजदुरहरूले आइतबार बिहान गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एकीकृत नेकपा माओवादी भ्रष्टाचारीको अखडा भएको बताए।


'एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो। त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ,' भट्टराईको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन्। '

नयाँ सरकार गठन हुने समयमा पूर्वप्रधानमन्त्री भट्टराईबाट आएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिइएको छ।

Share this:

JOIN CONVERSATION

    Blogger Comment

0 comments:

Post a Comment