क्रिकेट प्रेमीलाइ दुखद खबर : पारसलाइ कारबाही गरि छोडे ..
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई नेपाल क्रिकेट संघ (क्यान)को अनुशासन समितिले अनुशासन उल्लंघन गरेको कारण देखाउँदै कारबाहीस्वरुप पदबाट हटाउने निर्णय गरेको बैठक पुस्तिकामा उल्लेख गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ-अनुशासन समितिको गत बिहीबार तिलगंगास्थित होटल शिवम्मा बसेको बैठकले उक्त निर्णय गरेको अन्नपुर्णलार्इ प्राप्त माइन्युटमा लेखिएको छ ।
अनुशासन समितिको निर्णय क्इन बैठकले अनुमोदन गर्नुपर्छ । पारसका गतिविधि क्यानद्वारा खेलाडीका लागि जारी गरिएको निर्देशनविपरीत भएको आरोप लगाउँदै समितिले उक्त निर्णय गरेको हो । समितिका तीन सदस्यमध्ये संयोजक केशव घिमिरे र सदस्य विपतराम चौधरीले निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छन् । तेस्रा सदस्य रतन कठायतले भने पुस्तिकामा हस्ताक्षर गरेका छैनन् ।

0 comments:
Post a Comment