एमाओबादीले केपी ओलीलाई बोकेर हिड्ने निच्छित
एमाओवादीले
प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा अेालीलाई समर्थन गर्ने भएको छ । एनेकपा
माओवादीको शुक्रबार बसेका स्थाइ समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीमा समर्थन
गर्ने निर्णय गरेको हो ।
उसले
नयाँ संविधान निर्माणका क्रममा प्रमुख चार दलले १६ बुँदे सहमति गर्दा शीर्ष नेताहरुबीच सत्ता
साझेदारीबारे सहमति भएको दाबी गरेको छ ।
उसले
संविधान जारी गर्दा सम्म प्रधानमन्त्री सुशिल कोइराला हुने र संविधान जारी
गरिसकेपछि एमालेको तर्फबाट केपी अेालीले सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको
दावी गर्दै ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको हो । नयाँ संविधानको
कार्यान्वयनको लागी दलहरुबीचको सहमति बिग्रन दिनु नहुने भन्दै एमाओवादीले एमालेको
नेतृत्वमा कांग्रेस सहितको सहमतिय सरकार बनाउनु पर्ने बताएको छ ।
तर, वर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति
सुशील कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा नै भद्र सहमतिको दाबीलाई अफबाह
भनेका छन् ।

0 comments:
Post a Comment