कांग्रेश नेता गगन थापा भन्छन अब को सरकार एमाओबादी को नेतृत्वमा !!

नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमाओवादीको नेतृत्वमा सरकार बनाउने विकल्प पेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा शीर्ष तीन नेताले सरकारको नेतृत्व दाबी गरेपछि थापाले अहिलेसम्म कसको संकेत कुरिरहेको भनेर प्रश्न गरेका छन् । शुक्रबारको बैठकमा थापाले भने-कुन अमूक शक्तिले अन्य दलहरुसँग कुरा मिलाइदिएर बुहमत पुर्‍याइदिन्छ भनेर हामीले कुरिरहेका थियौं ?’
कुनै अदृश्य/दृश्य शक्तिको सहयोग र संकेतमा समर्थन लिएर सरकार बनाउनु आन्तरिक राजनीतिमा सुक्ष्म व्यवस्थापन गर्न ठाउँ दिनुहुने भन्दै उनले यस्तो गल्ती नगर्न आग्रह गरे ।
कांग्रेसको प्रस्ताव स्वीकार गर्छ र संविधान संशोधन, नाकाबन्दी लगायतका विषय मिल्छ भने एमाले सरकारलाई समर्थन गरौं-गगन
थापाले नाकाबन्दी, मधेस समस्या, संविधान संशोधन र कार्यान्वयन लगायतबारे पार्टीको प्रस्ताव बनाएर अन्य दलहरुसँग छलफल गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । हाम्रो समर्थनमा अरु दलहरु आए अघि बढौंउनले भने-हाम्रो नेतृत्वमा बन्ने अवस्था आउँदा सुशील कोइरालाले फेरि प्रधानमन्त्री बन्दिँन भनेकोमा अडिग रहनुहुन्छ भन्ने विश्वास गर्दै अर्को व्यक्ति छानौं ।
कांग्रेसको पक्षमा समर्थन नजुटे दोस्रो विकल्पमा एमाले नेतृत्वको सरकार भएको उनले बताएका छन् । दलहरुबीचको एकता जस्तो अमूर्त कुरा गरेर समर्थन गर्न नसकिने भन्दै उनले कांग्रेसको प्रस्ताव स्वीकार गर्छ र संविधान संशोधन, नाकाबन्दी लगायतका विषय मिल्छ भने मात्र एमाले सरकारलाई समर्थन गर्नुपर्ने बताएका छन् ।
तर, यसरी बन्ने सरकारमा कांग्रेस सहभागी हुन नहुने उनले बताए । आफ्नो प्रस्ताव एमालेले नमाने माओवादीको नेतृत्वमा सरकार बनाउने गगनको विकल्प छ ।

थापाले भने-एमाओवादीले हाम्रो प्रस्ताव मान्छ र देशले स्वाभिमान कायम राख्दै निकास पाउने अवस्था रहन्छ भने किन एमाओवादीको नेतृत्वमा सरकार नबनाउने ?’

Share this:

JOIN CONVERSATION

    Blogger Comment

0 comments:

Post a Comment