कांग्रेसीहरुको बैठकमै रत्यौली, एकआपस मा गाली गलौच , माइक खोसाखोस
शीर्ष तीननेताले नै प्रधानमन्त्रीको उम्मेदवारमा दाबी गरेपछि नेपाली
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माइक खोसाखोससँगै विना निश्कर्ष सकिएको छ ।
बैठकले सरकारबारे निर्णय गर्न असफल भएको छ । बैठकको निर्णयबारे केन्द्रीय
सदस्यहरु नै अन्योलमा परेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो
धारणा राख्ने क्रम सकिएपछि उपसभापति रामचन्द्र पौडेलले बोलेका थिए । उनले सबैको
धारणा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने आएको भन्दै आफूलाई प्रधानमन्त्रीको
उम्मेदवार बनाउन आग्रह गरे ।
पौडेलले बोल्नुअघि लामो सम्बोधन गरेका वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय
दलको चुनाव गर्न माग गरेका थिए । सभापति सुशील कोइरालाले भने पार्टी
पदाधिकारीहरुबीच सल्लाह गर्दै निर्णय गर्ने सुनाएका थिए ।
तर, रामचन्द्रले प्रधानमन्त्रीको उमेद्वार बनाउन
आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले उठेर यो वैठकको निश्कर्ष के हो भनेर प्रश्न
गरे । लगतै वरिष्ठ नेता देउवाले पौडेलका हातबाट माइक तानेर भने, ‘हामी तीनैजना प्रधानमन्त्रीको उम्मेदरवार । अब
अन्य दलसँग छलफल गरेर जसले समर्थन जुटाउन सक्छ, उसलाई नै प्रधानमन्त्री बनाउनुपर्छ ।’
फेरि उपसभापति रामचन्द्र पौडेलले देउवाका हातबाट माइक तानेर पदाधिकारी बैठकमा
छलफल गरेर फेरि केन्द्रीय समितिमा आउने बताए ।
पार्टीका तीनै नेताले प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेपछि बैठक
निश्कर्षमा पुग्न नसकेको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।
अदृश्य शक्तिको संकेतको कुरा
दुई दिनसम्म चलेको कांग्रेसको बैठकमा अधिकांश केन्द्रीय सदस्य आफ्नै नेतृत्वको
सरकारमा उभिएका छन् ।
शुक्रबारको बैठकमा आनन्द ढुंगाना, दिलबहादुर घर्ती लगायतका नेताहरुले भने पार्टी सभापति कोइरालाकै नेतृत्वमा
सरकार गठन गर्नु धारणा राखेका छन् । देउवा पक्षले भने तत्काल संसदीय दलको नेताको
चुनाव गर्नु पर्ने धारणा राखेका थिए ।
बैठकमा कांग्रेस नेता गगन थापाले भने शीर्ष तीन नेता कांग्रेसको नेतृत्वमा
सरकार गठनको पक्षमा देखिएको भन्दै अहिलेसम्म किन चुप बसेको भनेर प्रश्न गरेका थिए
।
केन्द्रीय कार्यसमितिको बैठक पर्खिएको पक्कै होइन भन्दै उनले अदृश्य शक्तिबाट
संकेत कुरेर बसेको र उसले बहुमत पुर्याइदिने भएपघि अघि सरेको बताए । उनले आफ्नो
नेतृत्वको सकारका लागि बहुमत नपुगे कांग्रेसको एजेण्डालाई जसले सम्बोधन गर्छ, उसैलाई सम्बोधन गर्नु पर्ने बताए ।
केन्द्रीय सदस्य बलबहादुर केसीले भने तीनै नेताले फरक फरक संकेत आएकाले तीनैले
दाबी गरेको बताए ।

0 comments:
Post a Comment