प्रचण्डको सट्टा नारायणकाजी चीन जाने

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश मंगलबार चीन जाने भएका छन् ।
श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको आयोजनामा हुने सिल्क रोड सम्वन्धी एसियाली राजनीतिक दलहरुको सम्मेलनमा भाग लिन चीन जान लागेका हुन् ।
यसअघि एमाओवादी अध्यक्ष प्रचण्ड जाने कार्यक्रम भएपनि सरकार गठन लगायतमा व्यस्त भएपछि पदाधिकारी बैठकले श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
पाँच दिने भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुने श्रेष्ठले अनलाइनखबरलाई बताए ।


Share this:

JOIN CONVERSATION

    Blogger Comment

0 comments:

Post a Comment