मोदीले ओलीलाई फोन गरेर बधार्इ दिए, भारत भ्रमणको निम्तो

काठमाडौं : नेपालको ३८ औं प्रधानमन्त्री बन्न सफल भएको केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।


मोदीले आइतबार अपरान्ह टेलिफोन गरेर नेपालको प्रधानमन्त्री बन्न सफल भएकोमा ओलीलाई बधाई दिएका हुन् ।

मोदीले ट्वीट गरेर प्रधानमन्त्री भएको ओलीलाई बधाई दिएको जानकारी गराएका हुन् । प्रधानमन्त्री भएकै दिन मोदीले उनलाई भारत भ्रमणको निम्तो दिएका छन्। 

नेपालमा संविधान जारी भएपछि आफ्नो सल्लाह नमानेको भन्दै रिसाएर नाकाबन्दी गरेको मोदी सरकारले ओली प्रधानमन्त्री बनेसँगै दुई देशको सम्बन्ध सुधार्ने आशा गरिएको छ ।

Share this:

JOIN CONVERSATION

    Blogger Comment

0 comments:

Post a Comment