जापानमा सबैखाले नेपाली दलालको भण्डाफोर गर्ने अभियान सुरु(बिज्ञप्ती सहित)

जापानमा नेपालीले नै नेपालीमाथि ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ । गैर कानुनी रुपमा गएका नेपालीले नेपालीलाई ठग्ने अनि मानव तस्करी गर्ने कार्य बढेपछि त्यसको भण्डाफोर गर्ने अभियान शुरु भएको छ । ठगी प्रवृत्तिको प्रतिरोध एवं भण्डाफोर गर्न भण्डाफोर जापान र जापान विद्यार्थी परिषदले सबैमा सार्वजनिक अपिल गरेको छ ।
पछिल्लो समय जापानमा गैर कानुनी रुपले गएका नेपालीले नेपालीलाई ठग्ने, पैसाका लागि जस्तोसुकै जोखिम उठाउन पनि पछि नपरेको भन्दै यी दुई संस्थाले कानुनी रुपमा उजुरी दर्ता गराउने भएका हुन् ।
नेपालबाट गैर कानुनी शैक्षिक प्रमाण पत्र बनाई इन्जिनियर, डाक्टर आदि भित्र्याउने मानव तस्कर र कुक भिसामा विभिन्न रेष्टुरेन्टमा कार्यरत अदक्ष कामदारहरुको खोजी गरी संस्थाले जापानको कानुन अनुसार नेपाल सरकारमार्फत कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ ।(नेपाल सरोकारबाट)




Share this:

JOIN CONVERSATION

    Blogger Comment

0 comments:

Post a Comment