जापानबाट मृतक बिधार्थीको शव ल्याउन आर्थिक संकलन
३ डिसेम्बर, टाेकियो ।
जापानकाे टोकियोमा उपचार गर्दागर्दै निधन भएका बुद्धिराम केसीको शव नेपाल ल्याउन आर्थिक अभाव भएपछि यहाँका नेपालीले आर्थिक संकलन थालेका छन् । परिवारलाई आर्थिक सहयोग गर्न एनआरएन जापानले सबै नेपालीलार्इ अपिल गरेको छ । नेपालस्थित परिवारको चाहना र मृतकको इच्छा अनुसार शबलाइ नेपाल लैजाने तयारी गरिएको र शब नेपाल लैजान अत्यन्त महँगोपर्ने हुदा पिडित परिवारका तर्फबाट मृतकका भिनाजु शिवराम तुइतुइको आग्रह बमोजिम एनआरएन जापानले सहयोग जुटाउन जापानबासी नेपालीलाई अपिल गरेको हो । एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले जारी गरेको अपिलमा भनिएको छ – ‘उच्च शिक्षा हासिल गरि आफ्नो भबिष्य निर्माण गर्न जापान आइपुगेका बिधार्थी बुद्दराम के सी बिरामी परि अस्पतालमा उपचारकै क्रममा निधन भएको खबरले सिंगो जापानबासी नेपाली लाइ मर्माहत बनाएको छ । यस दुखद घडीमा मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्ध परिवारजनप्रति हार्दिक समबेदना व्यक्त गर्दछौ । नेपालमा रहनुभएका परिवारजनको चाहना र मृतकको इच्छा बमोजिम शबलाई नेपाल लैजाने तयारी भैरहेको तर आर्थिक रुपमा कमजोर रहेकोले मृतकका भिनाजुले हामीलाई गर्नुभएको अपिल अनुसार एन आर एन जापान जापान स्थित सम्पूर्ण संघ सस्था एबम व्यक्तिहरुलाई यथासक्दो सहयोग गरिदिनु हार्दिक अपिल गर्दछौ ।’ साथै उनलाई सहयोग गर्न चाहनुहुने महानुभाबहरुले हामीलाई उपलव्ध गराइएको खाता नम्बर १७७००१२९४९२४१ (Jp Bank ) -(सुवास विकेस) मा सिधै रकम जम्मा गरि सहयोग गर्न एनआरएन जापानले अनुरोध गरेको छ । आर्थिक सहयोग गर्न चाहने जापानवासी नेपालीहरुले उनका भिनाजु शिबरामको ०८०९३९५३३७९ , दीपकबाबु नेपालको ०८०४०९५७१०१, विवेक शुवालको ०८०४८९५६६१२ मोबाइलमा सम्पर्क गर्न पनि सकिने एनआरएन जापानले जनाएको छ । टोकियो नेपाल डट कम

0 comments:
Post a Comment