हस्तमैथुन : आवश्यकता कि विवशता ?
-डा. सुवोधकुमार पोखरेल
हस्तमैथुन’
भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिए पनि भावार्थमा त्यसभन्दा
व्यापक रूपमा प्रयोग हुन्छ । आफ्नै वा आफ्नो यौन साथीको यौनांगलाई चरम
सुखप्राप्तिको हदसम्म हात वा विशेष पद्दति अथवा उपकरणको सहायताबाट उत्तेजित
पार्ने प्रक्रियालाई हस्तमैथुन भनिन्छ । आत्मरतिको यो सबैभन्दा सजिलो र
बहुपरिचित माध्यम हो । यौनसाथी संगसंगै बसेर अलग–अलग गर्ने वा परस्परमा एक
अर्कालाइ गरिदिने मैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ ।
हस्तमैथुन सबै उमेर र लिंगका व्यक्तिले प्रयोग गर्ने आत्मरतिको माध्यम हो ।
यो यौन व्यवहार आधुनिक युगको सम्यताको मात्र उपज होइन । हस्तमैथुनलाई
प्राचीन र प्रागऐतिहासिक कालका आदिमानवदेखि हालसम्म प्रत्येक युगका स्त्री,
पुरुष, समलिंगी र उभयलिंगीले प्रयोग गर्ने गरेका छन् । यसको प्रयोगको
प्रक्रिया र साधनमा बढी विविधिकरण हुँदैं गएको भने अवश्य हो । सामान्यतया
हस्तमैथुनसंग मनोवैज्ञानिक सहयोगीका रूपमा ‘फ्यान्टासी’ पनि प्रयोग हुने
गर्छ । तर, शतप्रतिशत अवस्थामा यसो हुनैपर्छ भन्ने जरुरी छैन । यसका साथै
यौन सामग्रीको अध्ययन, अवलोकन अथवा एकान्तमा तिनको सम्झनामात्र पनि
हस्तमैथुनका लागि सहयोगी साधन बन्न सक्छन् ।
हस्तमैथुनका विभिन्न तरिकामध्ये हात वा हातसंग अन्य सामान्य अथवा विद्यतुीय
साधन (डिल्डो, भाइब्रेटर, जि–स्पट स्टीमुलेटर, थुक, जेली) को प्रयोगद्वारा
यौनांगको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरिका हुन् । जिब्रो र
ओठको प्रयोग पनि त्यसपछि बढी प्रयोग हुने तरिकामध्ये पर्छन् । मुख
मैथुनभन्दा अलग्गै हस्तमैथुनका लागि पनि यिनीहरूको प्रयोग भएको पाइन्छ ।
यसबाहेक यौनांगलाई अन्य कुनै नरम सतहमा घर्षण गर्ने प्रक्रिया पनि प्रचलनमा
छ । पछिल्ला दुई तरिकामा हातको प्रयोग नहुने भएपनि ती सबै व्यवहारलाई
हस्तमैथुन भन्ने गरिन्छ ।
माथि उल्लेख गरिएझैं जोडीहरूद्वारा एक अर्कासंगै यौन सन्तुष्टिका लागि
गरिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ । पारस्परिक हस्तमैथुन दुई
प्रकारका हुन्छन् । पहिलामा एक अर्काका यौनांगलाई नछोइकनै तर एक अर्कासंगै
रहेर आ–आफ्ना यौनांगलाई चलाएर गरिने हस्तमैथुन र दोस्रोमा एकले अर्काका
यौनांगलाई संगसंगै चलाइदिएर गरिने हस्तमैथुन पर्छन् ।
सबै सभ्यतामा वैज्ञानिक खोज र अनुसन्धानले यथार्थलाई प्रज्वलित नगरेसम्म
हस्तमैथुनलाई पनि रोग र असन्तुलित मानसिकताको उपज भनेर हेय दृष्टिले
हेर्ने, व्यवहार गर्ने चलन व्याप्त रहयो । प्राचीन ग्रिसेली समाज यौन
व्यवहारका दृष्टिकोणबाट खुला र उदार मानिएपनि ग्रिसेली वैज्ञानिक जोडी
सोरानस र गलेनले हस्तमैथुनलाई दोषमुक्त देख्न सकेनन् । युरोप र अमेरिकामा
सन्त अगष्टिन र टिसटले त यसको खुलेर आलोचनामात्र गरेनन्, मानिसका सम्पूर्ण
रोगव्याधी र दुःखका कारण समेत यसैलाई बनाए । हुँदाहुँदा समलिंगी मैथुनजस्ता
यौन व्यवहारलाई पनि हस्तमैथुनकै शीर्षकमुनी राखेर उनीहरू यसलाई गल्तीको
धोक्रो नै साबित गर्नसमेत तम्सिए ।
हस्तमैथुनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानी हुन्छ भन्नु भोक
लागेको मानिसले खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानी हुन्छ
भन्नुजस्तै हो । मैले आफ्नो चिकित्सा पेशाको जवाफ दिने क्रममा धेरै
किशोरकिशोरी र युवकयुवतीका यससंबन्धी द्विविधि र जिज्ञासा पाएको छु । अहिले
पनि यस विषयमा यथार्थ जानकारी पाउने आशा राखेर मलाई दिनैपिच्छे अनेकौं
इमेल पठाइएका हुन्छन् ।
पश्चिमेली सभ्यतामा भिक्टोरियाली युग भनी कहिलिएको सत्रौदेखि उन्नाइसौं
शताब्दिसम्म र पूर्वेली सभ्यतामा वैज्ञानिक रूपान्तरण हुन सुरु हुनु अघिको
अवस्थासम्म एक एक थोपा वीर्य हजारौं थापा रगतबाट बन्दछ र यसको रक्षा गरिनु
पर्छ, बच्चा पाउनबाहेक अरु प्रयोजनका लागि वीर्यको क्षति हुन हुँदैंन भन्न
जस्ता तर्क लिएर परम्परावादी मठाधिशहरू आफू संगसंगै सम्पूर्ण समाजलाई
भ्रमित पारिरहेका हुन्थे । तर, रगत बन्ने अनि नाश हुने र फेरि बन्ने नियमित
प्रक्रिया झैं वीर्य बन्ने अनि यौन, स्वप्नदोष वा पिसाबबाट आफ्नो निकास
खोज्ने र फेरि नयाँ वीर्य बन्ने प्रक्रिया मानवको शारीरिक प्रणालीको यथार्थ
हो । यसरी हस्तमैथुन गरे पनि नगरे पनि वीर्य नाश हुन्छ र फेरि बन्छ ।
त्यसकारण हस्तमैथुनले बरु यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको
वा सामाजिक नैतिक मान्यताबाहिर परेकोयौनसम्बन्धबाट बचाउछ र यसैक्रममा यौन
रोगबाट पनि बचाउन मद्दत गरेर फाइदा पु¥याउछ भन्ने बुझ्नु सुल्टो हो ।
हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो आफ्नो
मन मष्तिस्कलाई अनावश्यक दबाब पु¥याउने र हस्तमैथुनबाट दुब्लाइन्छ,
विवाहपछिको यौन जीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम
पालेर आफूलाई अस्वस्थ मान्छे ठान्ने स्वभाव उल्टो हो ।
झट्ट हेर्दा अत्यधिक चर्चाका कारणलेगर्दा हस्तमैथुन पुरुषहरूको मात्र पेवा
यौन व्यवहारजवस्तो देखिन्छ । तर, हस्तमैथुन गर्ने महिलाको संख्या भने कम
छैन । आफ्नो कुराालई गोप्य राख्न सक्ने महिलाका क्षमतालाई साधुवाद
दिनैपर्ने कारण यही कुराबाट पनि स्पष्ट हुन्छ । हस्तमैथुनका लागि बनने
सेक्स टोयमध्ये अधिसंख्यक महिलाकै लागि उपयुक्त छन् रतिनको बजारपनि ठुलो छ ।
यौन विज्ञका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको
प्रतिक्रियाका संबन्धमा सिक्ने अवसार प्रदान गर्छ । हस्तमैथुनका बेला हुने
यौनिक स्रावले यौनांगमा हुने रक्त सन्चारलाई समेत सन्तुलित गर्छ । कतिपय
महिलाले महिनावारीका बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अबलम्बन
गर्ने गरेका छन् ।
हस्तमैथुन गरेकै कारण मान्छे दुब्लाउदैंन । कति हस्तमैथुन गर्ने भन्ने कुरा
मान्छेको यौन चाहना भएका बेला यौनसाथीको अभावकोपरिस्थितिले निर्धारण गर्छ ।
हस्तमैथुनगनैर फेरि गल्ती गरें भनेर चिन्ता गर्ने मान्छे बरु त्यस
चिन्ताले दुब्लाउन सक्छ । तर, हस्तमैथुनका पक्षमा जतिसुकै वकालत गर्ने
आधुनिक समयका हामी यौन चिकित्कसले पनि दुई वटा कुरा मान्नै पर्ने हुन्छ ।
एउटा, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी लतका रूपमा प्रयोग गर्ने र अर्को
यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर अग्रगामी हुने
दुस्साहस कसैले गर्नु हुदैंन ।
तर, आफ्ना प्राकृतिक अंग हात र दिमागको कल्पनाशक्तिलाई कम आँक्न मिल्दैंन ।
कृत्रिम सेक्स टोयको प्रयोग सुरु हुनुअघि मानिसले प्रयोग गर्ने गरेका आदि
सेक्स टोय तिनै हुन ्। तिनको प्रयोगमा पनि पुरुषभन्दा नारी पछि छैनन् ।
केवल एक अर्काबीचमा हुने कुराकानीबाट सिकेर गर्ने कुरामा पुरुषहरू
नारीभन्दा अगाडि हुन्छन् । कारण नारीहरू आफूले अस्वभाविक ठानेका यौन
व्यवहार अत्यन्त आवश्यक स्थिति र विश्वासी मित्रबाहेकअरुसंग बाँड्दैनन् ।
यसै कारणले पनि यौनेच्छा व्यवस्थित गर्ने क्रममा हस्तमैथुनको प्रक्रिया
नजानेर हिस्टेरियाको शिकार हुनेमा किशोरी, युवती अनि बालविधवाको संख्या
अधिक छ । यथार्थमा पुरुष र महिलामा आफ्नै यौन विष्फोटनलाई व्यवस्थित गर्न
तुलनात्मक रूपमा हानीरहित साधनका रूपमा हस्तमैथुनको आवश्यकता र महत्व
बराबरी छ ।
हस्तमैथुन’
भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिए पनि भावार्थमा त्यसभन्दा
व्यापक रूपमा प्रयोग हुन्छ । आफ्नै वा आफ्नो यौन साथीको यौनांगलाई चरम
सुखप्राप्तिको हदसम्म हात वा विशेष पद्दति अथवा उपकरणको सहायताबाट उत्तेजित
पार्ने प्रक्रियालाई हस्तमैथुन भनिन्छ । आत्मरतिको यो सबैभन्दा सजिलो र
बहुपरिचित माध्यम हो । यौनसाथी संगसंगै बसेर अलग–अलग गर्ने वा परस्परमा एक
अर्कालाइ गरिदिने मैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ ।
हस्तमैथुन सबै उमेर र लिंगका व्यक्तिले प्रयोग गर्ने आत्मरतिको माध्यम हो ।
यो यौन व्यवहार आधुनिक युगको सम्यताको मात्र उपज होइन । हस्तमैथुनलाई
प्राचीन र प्रागऐतिहासिक कालका आदिमानवदेखि हालसम्म प्रत्येक युगका स्त्री,
पुरुष, समलिंगी र उभयलिंगीले प्रयोग गर्ने गरेका छन् । यसको प्रयोगको
प्रक्रिया र साधनमा बढी विविधिकरण हुँदैं गएको भने अवश्य हो । सामान्यतया
हस्तमैथुनसंग मनोवैज्ञानिक सहयोगीका रूपमा ‘फ्यान्टासी’ पनि प्रयोग हुने
गर्छ । तर, शतप्रतिशत अवस्थामा यसो हुनैपर्छ भन्ने जरुरी छैन । यसका साथै
यौन सामग्रीको अध्ययन, अवलोकन अथवा एकान्तमा तिनको सम्झनामात्र पनि
हस्तमैथुनका लागि सहयोगी साधन बन्न सक्छन् ।
हस्तमैथुनका विभिन्न तरिकामध्ये हात वा हातसंग अन्य सामान्य अथवा विद्यतुीय
साधन (डिल्डो, भाइब्रेटर, जि–स्पट स्टीमुलेटर, थुक, जेली) को प्रयोगद्वारा
यौनांगको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरिका हुन् । जिब्रो र
ओठको प्रयोग पनि त्यसपछि बढी प्रयोग हुने तरिकामध्ये पर्छन् । मुख
मैथुनभन्दा अलग्गै हस्तमैथुनका लागि पनि यिनीहरूको प्रयोग भएको पाइन्छ ।
यसबाहेक यौनांगलाई अन्य कुनै नरम सतहमा घर्षण गर्ने प्रक्रिया पनि प्रचलनमा
छ । पछिल्ला दुई तरिकामा हातको प्रयोग नहुने भएपनि ती सबै व्यवहारलाई
हस्तमैथुन भन्ने गरिन्छ ।
माथि उल्लेख गरिएझैं जोडीहरूद्वारा एक अर्कासंगै यौन सन्तुष्टिका लागि
गरिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ । पारस्परिक हस्तमैथुन दुई
प्रकारका हुन्छन् । पहिलामा एक अर्काका यौनांगलाई नछोइकनै तर एक अर्कासंगै
रहेर आ–आफ्ना यौनांगलाई चलाएर गरिने हस्तमैथुन र दोस्रोमा एकले अर्काका
यौनांगलाई संगसंगै चलाइदिएर गरिने हस्तमैथुन पर्छन् ।
सबै सभ्यतामा वैज्ञानिक खोज र अनुसन्धानले यथार्थलाई प्रज्वलित नगरेसम्म
हस्तमैथुनलाई पनि रोग र असन्तुलित मानसिकताको उपज भनेर हेय दृष्टिले
हेर्ने, व्यवहार गर्ने चलन व्याप्त रहयो । प्राचीन ग्रिसेली समाज यौन
व्यवहारका दृष्टिकोणबाट खुला र उदार मानिएपनि ग्रिसेली वैज्ञानिक जोडी
सोरानस र गलेनले हस्तमैथुनलाई दोषमुक्त देख्न सकेनन् । युरोप र अमेरिकामा
सन्त अगष्टिन र टिसटले त यसको खुलेर आलोचनामात्र गरेनन्, मानिसका सम्पूर्ण
रोगव्याधी र दुःखका कारण समेत यसैलाई बनाए । हुँदाहुँदा समलिंगी मैथुनजस्ता
यौन व्यवहारलाई पनि हस्तमैथुनकै शीर्षकमुनी राखेर उनीहरू यसलाई गल्तीको
धोक्रो नै साबित गर्नसमेत तम्सिए ।
हस्तमैथुनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानी हुन्छ भन्नु भोक
लागेको मानिसले खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानी हुन्छ
भन्नुजस्तै हो । मैले आफ्नो चिकित्सा पेशाको जवाफ दिने क्रममा धेरै
किशोरकिशोरी र युवकयुवतीका यससंबन्धी द्विविधि र जिज्ञासा पाएको छु । अहिले
पनि यस विषयमा यथार्थ जानकारी पाउने आशा राखेर मलाई दिनैपिच्छे अनेकौं
इमेल पठाइएका हुन्छन् ।
पश्चिमेली सभ्यतामा भिक्टोरियाली युग भनी कहिलिएको सत्रौदेखि उन्नाइसौं
शताब्दिसम्म र पूर्वेली सभ्यतामा वैज्ञानिक रूपान्तरण हुन सुरु हुनु अघिको
अवस्थासम्म एक एक थोपा वीर्य हजारौं थापा रगतबाट बन्दछ र यसको रक्षा गरिनु
पर्छ, बच्चा पाउनबाहेक अरु प्रयोजनका लागि वीर्यको क्षति हुन हुँदैंन भन्न
जस्ता तर्क लिएर परम्परावादी मठाधिशहरू आफू संगसंगै सम्पूर्ण समाजलाई
भ्रमित पारिरहेका हुन्थे । तर, रगत बन्ने अनि नाश हुने र फेरि बन्ने नियमित
प्रक्रिया झैं वीर्य बन्ने अनि यौन, स्वप्नदोष वा पिसाबबाट आफ्नो निकास
खोज्ने र फेरि नयाँ वीर्य बन्ने प्रक्रिया मानवको शारीरिक प्रणालीको यथार्थ
हो । यसरी हस्तमैथुन गरे पनि नगरे पनि वीर्य नाश हुन्छ र फेरि बन्छ ।
त्यसकारण हस्तमैथुनले बरु यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको
वा सामाजिक नैतिक मान्यताबाहिर परेकोयौनसम्बन्धबाट बचाउछ र यसैक्रममा यौन
रोगबाट पनि बचाउन मद्दत गरेर फाइदा पु¥याउछ भन्ने बुझ्नु सुल्टो हो ।
हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो आफ्नो
मन मष्तिस्कलाई अनावश्यक दबाब पु¥याउने र हस्तमैथुनबाट दुब्लाइन्छ,
विवाहपछिको यौन जीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम
पालेर आफूलाई अस्वस्थ मान्छे ठान्ने स्वभाव उल्टो हो ।
झट्ट हेर्दा अत्यधिक चर्चाका कारणलेगर्दा हस्तमैथुन पुरुषहरूको मात्र पेवा
यौन व्यवहारजवस्तो देखिन्छ । तर, हस्तमैथुन गर्ने महिलाको संख्या भने कम
छैन । आफ्नो कुराालई गोप्य राख्न सक्ने महिलाका क्षमतालाई साधुवाद
दिनैपर्ने कारण यही कुराबाट पनि स्पष्ट हुन्छ । हस्तमैथुनका लागि बनने
सेक्स टोयमध्ये अधिसंख्यक महिलाकै लागि उपयुक्त छन् रतिनको बजारपनि ठुलो छ ।
यौन विज्ञका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको
प्रतिक्रियाका संबन्धमा सिक्ने अवसार प्रदान गर्छ । हस्तमैथुनका बेला हुने
यौनिक स्रावले यौनांगमा हुने रक्त सन्चारलाई समेत सन्तुलित गर्छ । कतिपय
महिलाले महिनावारीका बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अबलम्बन
गर्ने गरेका छन् ।
हस्तमैथुन गरेकै कारण मान्छे दुब्लाउदैंन । कति हस्तमैथुन गर्ने भन्ने कुरा मान्छेको यौन चाहना भएका बेला यौनसाथीको अभावकोपरिस्थितिले निर्धारण गर्छ । हस्तमैथुनगनैर फेरि गल्ती गरें भनेर चिन्ता गर्ने मान्छे बरु त्यस चिन्ताले दुब्लाउन सक्छ । तर, हस्तमैथुनका पक्षमा जतिसुकै वकालत गर्ने आधुनिक समयका हामी यौन चिकित्कसले पनि दुई वटा कुरा मान्नै पर्ने हुन्छ । एउटा, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी लतका रूपमा प्रयोग गर्ने र अर्को यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर अग्रगामी हुने दुस्साहस कसैले गर्नु हुदैंन ।
हस्तमैथुन गरेकै कारण मान्छे दुब्लाउदैंन । कति हस्तमैथुन गर्ने भन्ने कुरा मान्छेको यौन चाहना भएका बेला यौनसाथीको अभावकोपरिस्थितिले निर्धारण गर्छ । हस्तमैथुनगनैर फेरि गल्ती गरें भनेर चिन्ता गर्ने मान्छे बरु त्यस चिन्ताले दुब्लाउन सक्छ । तर, हस्तमैथुनका पक्षमा जतिसुकै वकालत गर्ने आधुनिक समयका हामी यौन चिकित्कसले पनि दुई वटा कुरा मान्नै पर्ने हुन्छ । एउटा, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी लतका रूपमा प्रयोग गर्ने र अर्को यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर अग्रगामी हुने दुस्साहस कसैले गर्नु हुदैंन ।
तर, आफ्ना प्राकृतिक अंग हात र दिमागको कल्पनाशक्तिलाई कम आँक्न मिल्दैंन ।
कृत्रिम सेक्स टोयको प्रयोग सुरु हुनुअघि मानिसले प्रयोग गर्ने गरेका आदि
सेक्स टोय तिनै हुन ्। तिनको प्रयोगमा पनि पुरुषभन्दा नारी पछि छैनन् ।
केवल एक अर्काबीचमा हुने कुराकानीबाट सिकेर गर्ने कुरामा पुरुषहरू
नारीभन्दा अगाडि हुन्छन् । कारण नारीहरू आफूले अस्वभाविक ठानेका यौन
व्यवहार अत्यन्त आवश्यक स्थिति र विश्वासी मित्रबाहेकअरुसंग बाँड्दैनन् ।
यसै कारणले पनि यौनेच्छा व्यवस्थित गर्ने क्रममा हस्तमैथुनको प्रक्रिया
नजानेर हिस्टेरियाको शिकार हुनेमा किशोरी, युवती अनि बालविधवाको संख्या
अधिक छ । यथार्थमा पुरुष र महिलामा आफ्नै यौन विष्फोटनलाई व्यवस्थित गर्न
तुलनात्मक रूपमा हानीरहित साधनका रूपमा हस्तमैथुनको आवश्यकता र महत्व
बराबरी छ ।

0 comments:
Post a Comment