बलेवा सेवा समाज जापानद्वारा बाढी पिडितलाइ राहत रकम हस्तान्तरण
टोकीयो ।
बाग्लुंग जिल्लाको दक्षिण भेग अन्तर्गत पर्ने बलेवा क्षेत्रबाट जापानमा आई
कर्म गरिरहेका जापानबासी बलेवालीहरुको सामाजिक परोपकारी संस्था बलेवा सेवा
समाज जापानले नेपालको सिन्धुपाल्चोक जिल्लाको माङ्खा र राम्चेको जुरे भन्ने
स्थानमा परेको प्राकृतिक विपत्तिबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै
पिडित जुरेबासीको लागि सक्दो सहयोग गर्ने हेतुले “सिन्धुपाल्चोक बाढी पिडित
राहत सहयोग अभियान” संचालन गरेको थियो ! सो अभियानबाट संकलित कुल रकम २
लाख ९४ हजार ७ सय १४ जापानी यन लाई नेपाली रुपयाँमा रुपान्तरण गर्दा २ लाख
६४ हजार ८ सय १६ रुपयाँ भएको हुँदा संकलित सम्पूर्ण रकम हाम्रो संस्थाका
भूतपुर्ब अध्यक्ष रामचन्द्र केसी ज्यू ले आज काठमान्डू स्थित बिएफबिएस
गोर्खा रेडियो कार्यालयमा पुगी चेक हस्तान्तरण गरेको छ ।हाम्रो यस अभियानलाई सहयोग गरि आफ्नो दानी मनको परिचय दिनु भएका जापानबासी आदरणीय नेपाली दाज्युभाई तथा दिदिबैनीहरुलाई हार्दिक धन्यबाद व्यक्त गरेको छ ।
यसैगरी बलेवा सेवा समाज जापानले पठाएको रकम बुझी बिएफबिएस गोर्खा रेडियो कार्यालयमा पुगी बलेवा सेवा समाज जापानको उद्देस्य बारेमा र आफ्ना तार्किक भनाईहरु सहित रकम बुझाउनु हुने भूतपुर्ब अध्यक्ष आदरणीय रामचन्द्र केसी ज्यू लाई हार्दिक धन्यबाद व्यक्त गरेको छ ।
साथै डेढ महिनाको यो रकम संकलन अभियानमा निरन्तर खट्नु भएका संस्थाका अध्यक्ष महेन्द्र पिसी ज्यू, सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु र सल्लाहकार ज्यूहरुमा बलेवा सेवा समाज जापानको तर्फबाट हार्दिकधन्यबाद व्यक्त गरेको छ ।

0 comments:
Post a Comment